२ मंसिर २०८१, आईतवार
प्रहरी हिरासतमा रहेका सांसद मोहम्मद आफताब आलमको घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै शुक्रबार नेपाली कांग्रेस रौतहटले मौन जुलुस निकालेको छ ।
वम विस्फोटका घाइतेहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा आलममाथि अनुसन्धान भइरहेकै बेला कांग्रेसले रौतहटको गौरस्थित बसपार्कदेखि राइसमिलसम्म मौन जुलुस निकालिएको हो ।
मौन जुलुसका सहभागीहरुले मुखमा कालोपट्टी बाँधेर विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
जुलुसमा प्रदेश सांसद धनलाल थोकरदेखि राजपुर नगरपालिकाका मेयर शेख सकिल, वृन्दावन नगरपालिकाका मेयर रमेश सिंह राय यादव, परुवा नगरपालिकाका मेयर शेख वकिल, जिल्ला सभापति कृष्ण यादवलगायतको सहभागिता थियो ।
कांग्रेसको केन्द्रले भने आलममाथिको अनुसन्धानमा सहयोग गर्ने बताएको छ । आजै अदालतले आलममाथि अनुसन्धान गर्न ८ दिनको म्याद थपिदिएको छ ।
आलमलाई प्रहरीले असोज २६ गते रौतहटस्थित उनकै निवासबाट पक्राउ गरेको थियो ।