२ मंसिर २०८१, आईतवार
काँग्रेसले आफ्ना उम्मेदवारहरुको टुंगो आइतवार लगाउने भएको छ ।
यसैमा आफ्ना उम्मेदवार धमाधम घोषणा गर्ने क्रम सबै दलहरुको तिब्र छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने आफ्नो उम्मेदवारको टुंगो अझैसम्म लगाइसकेको छैन ।
पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले उम्मेदवारको टुंगो आइतवार लगाउने धारणा सार्वजनिक गरेको छ । बैठकमा पहिलो र दोस्रो चरणको जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिहरुसँग छलफल गरिएको खबर प्राप्त भएको छ ।