नयाँ वर्षदेखि रारामा फ्रि वाइफाई सेवा

होमल्याण्ड खबर

२०७४ चैत्र २३ गते, शुक्रबार ०८:१० मा प्रकाशित

कर्णाली प्रदेश सरकारले नेपालकै सबैभन्दा ठूलो रारा तालमा आउँदो वैशाख नयाँ वर्षदेखि फ्रि वाइफाइ सेवा सञ्चालन गर्ने भएको छ ।
रारा कर्णाली पर्यटन वर्ष—२०७५को शुभारम्भ कार्यक्रमसँगै रारामा घुम्न जाने पर्यटकका लागि आगामी वैशाख १ गतेदेखि फ्रि वाइफाइको सेवा जडान गर्न लागिएको हो । सरकारले रारा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै रारा ताल वरपर फ्रि वाइफाइको व्यवस्था गर्न लागेको कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
पर्यटकलाई सूचना प्रविधिमा सहज पहुँच पु¥याउन तथा उनीहरुलाई अभ्यस्त बनाउन रारा ताल वरिपरि निःशुल्क वाइफाइको व्यवस्था गरिने बताएका छन् ।