२ मंसिर २०८१, आईतवार
१४ मंसिरका लागि तोकिएको ५२ स्थानको उप निर्वाचनको सुरक्षा तीन घेरामा हुने भएको छ ।
शुक्रबार गृह मन्त्रालयमा सुरक्षा सम्बन्धी योजना तयार पार्दै गृहमन्त्री रामबहादुर थापाले तीन घेराको सुरक्षा घेराबारे ब्रिफिङ गरेका थिए ।
बैठकमा गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाली सेनाका अधिकारीको उपस्थितिमा तीन घेराको सुरक्षा तयारीबारे छलफल भएको थियो ।
एक प्रतिनिधिसभासहित प्रदेश र स्थानीय तहका विभिन्न रिक्त स्थानमा चुनाव हुँदैछ ।