२ मंसिर २०८१, आईतवार
मन्त्रिपरिषद्को बैठक सोमबार बस्दैछ । आइतबार बेलुका बस्ने भनिएको बैठक सोमबार बिहान ११ बजेका लागि सारिएको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।
यसअघि आइतबार बिहान बसेको बैठकले मेडिकल काउन्सिलको अध्यक्षमा भगवान कोइराला र त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा धर्मकान्त बाँस्कोटालाई नियुक्ति गरेको थियो ।
नेकपा सचिवालयको बैठक लम्बिएका लगायतका कारणले बैठक सोमबारका लागि सारिएको हो।