कांग्रेसले उपनिर्वाचनका लागि कास्की-२ मा स्थानीय नेतालाई नै उम्मेदवार बनाउने

होमल्याण्ड खबर

२०७६ कार्तिक २० गते, बुधबार १५:१७ मा प्रकाशित

मंसिर १४ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले कास्की-२ मा स्थानीय नेतालाई नै उम्मेदवार बनाउने भएको छ।

नेपाली कांग्रेसले कास्की २ को प्रतिनिधिसभा सदस्यमा धनराज गुरुङलाई उम्मेदवार नबाउने भएका छ । गुरुङ स्वयंले आफू उम्मेदवार नबन्ने जानकारी पदाधिकारी बैठकमा गराएका छन् ।

उम्मेदवार छान्न बुधबार सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस पदाधिकारी बैठकमा स्थानीय नेतालाई नै उम्मेदवार बनाउने छलफल भएको हो।

उपनिर्वाचनका लागि उम्मेदवार मनोनयन बिहीबार हुँदैछ । कांग्रेसले अहिलेसम्म उम्मेदवार तय गर्न सकेको छैन ।