बढ्यो सुनको भन्सार दर, कति ल्याउँदा कति तिर्नुपर्छ ?

होमल्याण्ड खबर

२०७६ कार्तिक २४ गते, आईतवार १६:१६ मा प्रकाशित

पछिल्लो समय सुन आयातमा तस्करी बढेपछि सरकारले विदेशबाट फर्केका यात्रुले ल्याउने सुन तथा सुनका गहनामा भन्सार महसुल दर बढाएको छ ।

मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयको प्रस्तावलाई सम्बोधन गर्दै सुनमा नयाँ भन्सार महसुल दर निर्धारण गरेको हो ।सुनको भन्सार महसुलमा करिब २१ प्रतिशतले वृद्धि भएको छ ।
नयाँ दर अनुसार पहिलो ५० ग्रामसम्म सुन ल्याउने यात्रुले प्रति दश ग्राम ७ हजार पाँच सय रुपैयाँका दरले भन्सार महसुल तिर्नुपर्ने हुन्छ ।

यसभन्दा पहिले सोही मात्राको सुनमा प्रति १० ग्राम ६ हजार दुई सय रुपैयाँ मात्रै तिर्नुपर्थ्यो।