२ मंसिर २०८१, आईतवार
भारतले गत साता जारी गरेको नक्साविरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ निकट विद्यार्थीहरुले माइतीघरमा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा १२ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
गत फागुन अन्तिम साता प्रतिबन्ध लागेपछि विप्लव समूहले पहिलोपटक काठमाडौंमा सार्वजनिक प्रदर्शन गरेको हो । यसअघि आन्तरिक रुपमा उनीहरुले कार्यक्रम गर्दै आए पनि खुला रुपमा भने गतिविधि गर्न सकेका थिएनन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारीको ब्यानरमा सो समूहले भारतको पछिल्लो कदमका विरुद्ध माइतीघरमा प्रदर्शन गरेको हो । कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतले आफ्नो नयाँ नक्सामा समावेश गरेको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् । विप्लव समूहले कार्यक्रमका लागि विभिन्न विद्यालयका विद्यार्थीलाई स्कुल डे«समै ल्याएका थिए ।
भारतले कालापानी क्षेत्रलाई समेटेर जारी गरेको नक्सा नसच्याए चरणवद्ध आन्दोलन गर्ने विप्लव समूहको चेतावनी छ ।