२५ फाल्गुन २०८२, सोमबार
भारतले जारी गरेको नयाँ नक्साको विरोधमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ ९नेविसंघले बुधबार पनि विरोध प्रदर्शन गरेको छ ।
नेविसंघ ग्रामिण आदर्श बहुमुखी क्याम्पस र एन आर बहुमुखी क्याम्पसको आयोजनामा नेपाल टार, बाइपास, माछापोखरीक्षेत्रमा भारतीय हस्तक्षेपविरुद्ध प्रदर्शन गरेको हो ।


नेविसंघ निवर्तमान केन्द्रिय सदस्य सुशिल भट्टको नेतृत्वमा भएको बिरोध प्रदर्शनमा नेविसंघका नेताहरू निरन्जन थापा, इश्वर अधिकारी, पवन थापा, सन्तोष गुरुङ, सुबास घिमिरे, स्वेच्छा उप्रेतीलगायतका विद्यार्थी तथा स्थानीयबासीको उपस्थिति रहेको थियो ।
नेविसंघले अतिक्रमित भूमि फिर्ताका लागि सरकारले कूटनीतिक पहल नगरेको विरोधमा मंसिर १ गते माइतीघर मण्डलामा विरोध प्रदशन गर्ने पनि घोषणा गरेको छ ।