इमर्जिङ एसिया कपः नेपालले भारतलाई दियो १९४ रनको लक्ष्य

होमल्याण्ड खबर

२०७६ कार्तिक २८ गते, बिहीबार १२:३३ मा प्रकाशित

बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले भारतलाई १ सय ९४ रनको लक्ष्य दिएको छ ।

ढाकास्थित बंगलादेश कृरा शिक्खा मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४४ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९३ रन बनायो ।

नेपालका लागि पवन सर्राफले ५६, शरद भेषावकरले ४४ कुशल भुर्तेलले २८, दीपेन्द्र सिंह ऐरीले २४, करण केसीले २०, विनोद भण्डारीले ५, आरिफ शेखले २ रसोमपाल कामीले २ बनाए भने कप्तान ज्ञानेन्द्र मल्ललाई शून्यमा आउट भए ।

भारतका लागि सौरभ दुबेले ४, यश राठोडले ३, पार्थ रेखाडेले २ र सिद्धार्थ देसाईले १ विकेट लिए ।