२५ फाल्गुन २०८२, सोमबार
समाजवादी पार्टीले तत्काल सरकार नछाड्ने भएको छ । विहिबार बसेको पार्टीको बैठकमा पार्टी सरकारमा बस्ने वा नबस्ने भन्ने मुख्य एजेण्डा लगायत अन्य विषयमा समेत छलफल भएको थियो ।
बैठकले तत्कालको लागि सरकारबाट नबाहिरिने तर मध्यमार्गी बाटो रोज्ने निर्णय भएको बताइएको छ । विभिन्न कुरामा सरकारसंग असन्तुष्ट रहेको समाजवादी पार्टीले बारम्बार सरकारबाट बाहिरिने धम्की र्दिादै आएको थियो ।


पछिल्लो समय प्रदेश प्रमुख छनौट गर्ने क्रममा समाजवादी पार्टीबाट कोहि नपरेको भन्दै पार्टी सरकारसंग रुष्ट भएको थियो ।
तत्कालको लागि भने पार्टी सरकारबाट बाहिरिने सम्भावना टरेको नेताहरुले बताएका छन् ।
सरकार छाड्नुपर्ने मत राख्दै आएका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नै मध्यमार्गी प्रस्ताव राखेपछि सरकारबाट बहिर्गमन तत्काललाई टरेको छ । यद्यपि लामो समय सरकारमा बसिरहने अवस्था नभएको नेताहरु बताउँछन् ।