२९ कार्तिक २०८१, बिहीबार
नेपाली कांग्रेसले दिउँसो ३ बजे विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण लगायतका विषयमा पार्टीको धारणा आउने प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन् ।
पत्रकार सम्मेलनमा सरकारले जारी गरेको श्वेतपत्रका बारेमा समेत पार्टीको धारणा सार्वजनिक हुनेछ । त्यस्तै सरकार मनोमानी ढंगले चल्दै आएको आरोप लाग्न थालेपछि काँग्रेसले त्यसबारे पनि सरकारलाई सचेत गराउने तरिकाले पत्रकार सम्मेलन मार्फत सन्देश दिने स्रोतले बताएको छ ।