११ मंसिर २०८१, मंगलवार
बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल पराजित भएको छ ।
ढाकामा सोमबार भएको खेलमा नेपाल बंगलादेशको यू-२३ टिमसँग ८ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १३९ रनको लक्ष्य उसले मात्र २४ ओभरमा २ विकेट गुमाएर भेट्टायो । बंगलादेशका लागि नजमुल सान्टोले अविजित ५९ रन बनाए भने नैम शेखले ४५ रन ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाएर १३९ रन बनाएको थियो ।अपराजित बंगलादेशले ३ खेलमा ६ अंक जोड्यो ।
नेपालले भने ३ खेलमा २ अंक जोडेको छ । नेपाल तेस्रो स्थानमा रहेको छ ।