२५ फाल्गुन २०८२, सोमबार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दाेस्राे तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा सार्वजनिक भइरहेका समाचारकाे खण्डन गरेका छन् ।
सार्वजनिक भएका समाचारहरू अनर्गल र भ्रामक रहको भन्दै उनको सचिवालयले भत्सर्ना गरेको हाे ।


‘हाम्रो पार्टी नेतृत्वमा रहेको वर्तमान सरकारमा सहभागी मन्त्रीहरूका विषयमा अध्यक्ष कमरेड प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रशारित/प्रकाशित अनर्गल र भ्रामक समाचारको हाम्रो सचिवालय घोर भत्सना र खण्डन गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रिमण्डल फेरबदलको विषय प्रधानमन्त्री केपी शर्मा ओलीकै क्षेत्राधिकारको विषय रहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले बारम्बार जोड दिइरहनुभएको तथ्य सबैमा विदितै छ ।’
‘पत्रकारिताको सामान्य मान्यताको पनि ख्याल नगरी भएको यस प्रकारको दुष्प्रप्रचारको भ्रममा नपर्न सबैमा आग्रह गर्दछौँ’, प्रचण्ड सचिवालयले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।