मन्त्रिपरिषद पुनर्गठनअघि राष्ट्रपतिसँग परामर्श गर्न ओली–प्रचण्ड पुगे शीतल निवास

होमल्याण्ड खबर

२०७६ मंसिर ४ गते, बुधबार ११:४६ मा प्रकाशित

मन्त्रिपरिषद पुनर्गठन अघि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन् ।

आज बिहान सत्तारुढ दल नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीच दुई घन्टा भन्दा लामो छलफलपछि उनीहरु शीतलनिवास पुगेका हुन् ।

राष्ट्रपतिलाई भेट्नुअघि ओली र प्रचण्डले बालुवाटारमा अलग्गै छलफल गरेका थिए ।

प्रधानमन्त्री ओलीले बुधबारै मन्त्रिपरिषद हेरफेरको तयारी गरेका छन् ।