नेकपा सचिवालय बैठक सुरु

होमल्याण्ड खबर

२०७६ मंसिर ४ गते, बुधबार १४:२२ मा प्रकाशित

सत्तारुढ नेपाल कम्यनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकले नयाँ मन्त्रीहरुको नामावली टुंगो लगाउने बताइएको छ ।

यसअघि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले बुधबार मन्त्रिमण्डल हेरफेर गर्ने संकेत गरेका थिए । त्यस्तै बुधबार बिहान अध्यक्षद्धय ओली र प्रचण्डबीच मन्त्रिमण्डलमा समावेश गरिने नाम र बाहिरिने नामबारे छलफल भएको थियो ।

सचिवालय बैठकअघि प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच छुट्टै छलफल भएको छ । दुबै नेताले सचिवालय बैठकअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् ।