नयाँ मन्त्रीहरूको सपथ आज, शीतल निवासमा तयारी

होमल्याण्ड खबर

२०७६ मंसिर ५ गते, बिहीबार ०८:१९ मा प्रकाशित

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनःगठनका लागि मन्त्रीहरूको सूची राष्ट्रपतिको कार्यालय शीतल निवास पठाएका छन् ।

नयाँ मन्त्रीको सपथ बिहीबार बिहान ११ बजे देखि १ बजेको बीचमा गराउने तयारी भएको स्रोतले जनाएको छ ।

नयाँ मन्त्रीको सूचीमा घनश्याम भुषाल, बसन्त नेम्वाङ, हृदयश त्रिपाठी, पार्वत गुरुङ, लेखराज भट्ट, रामेश्वरराय यादव, मोती दुगड लगायत छन् ।

मन्त्रिपरिषद् पुनःगठनमा केही मन्त्रीको विभागीय जिम्मेवारी परिवर्तन भएको छ ।