११ मंसिर २०८१, मंगलवार
नेपाल घरेलु भूमिमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शुक्रबार भएको समूह चरण अन्तर्गत भारतले बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गरेसँगै नेपाल अन्तिम चारमा पुगेको हो ।
भारत भने समूह विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । दुई खेल जितेको भारत ४ अंकसहित समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । दुई खेल गुमाएको बंगलादेश भने समूह चरणबाट बाहिरिएको छ ।