११ मंसिर २०८१, मंगलवार
नेपाली महिला भलिबल टिम १३ औं दक्षिण एसियाली खेलकुद (साग)को फाइनलमा प्रवेश गरेको छ । शनिबार सोझो तीन सेटमा श्रीलंकालाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको सेमिफाइनलमा यो जितसँगै नेपाल नेपालले रजत पदक पक्का गरेको छ । पहिलोपल्ट सागको फाइनलमा पुगेको नेपालको भिडन्त मंगलबार भारतसँग हुनेछ । यसअघि महिला भलिबलमा नेपालले कास्य पदक मात्रै जित्न सफल भएको थियो ।