१३ औं सागः बक्सिङमा नेपालकी मिनु गुरुङले जितिन स्वर्ण

होमल्याण्ड खबर

२०७६ मंसिर २३ गते, सोमबार १५:१८ मा प्रकाशित

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालले स्वर्ण पदक जितेको छ ।

सातदोबाटोस्थित कराते हलमा आज बक्सिङमा ५४ केजी तौल समुहमा नेपालकी मिनु गुरुङले स्वर्ण जितेकी हुन् ।

मिनुले भारतकी शिक्षालाई हराएर स्वर्ण जितेकी हुन् । जारी सागमा नेपालको यो ४६ औं पदक हो ।

यस्तै नेपालकी ललिता महर्जनले रजत जितेकी छिन् ।

महिला ४८ केजीको लाइट फ्लाइ विधामा ललिता फाइनलमा कलाईभानी श्रीभासनसँग अंकका आधारमा पराजित हुँदै रजतमा सिमित भईन् ।