११ मंसिर २०८१, मंगलवार
१३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक हात पारेको छ ।
मंगलबारको फाइनल खेलमा भुटानलाई २–१ ले पाखा लगाउँदै नेपालले स्वर्ण पदक आफ्नो पक्षमा पारेको हो ।
नेपालसँग पराजय भोगेको भुटानले पनि सागको इतिहासमै पहिलोपटक पुरुष फुटबलमा रजत पदक जितेको छ ।
नेपालको जितका लागि सुनिल बलको गोल निर्णायक रह्यो । सुनिलले खेलको ५७ औं मिनेटमा नेपालका लागि दोस्रो तथा व्यक्तिगत पहिलो गोल गरे ।
यसअघि नेपालका अभिषेक रिजालले खेलको १६ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।
तर, भुटानका कप्तान चेन्चो ग्याल्सेनले खेलको ३६ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए ।
पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलमा दोस्रो हाफ शुरु भएपछि नेपालले आफ्नो दवाव बढाउँदै लगेको थियो ।