२६ फाल्गुन २०८२, मंगलवार
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी पुसको पहिलो साताका लागि सङ्घीय संसद्को दुवै सदनको हिउँदे अधिवेशन आह्वान गर्नुभएको छ ।
राष्ट्रपतिले यही पुस ४ गते शुक्रबार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँवानेश्वर काठमाडौँमा अधिवेशन आह्वान गर्नुभएको हो ।


नेपालको संविधान बमोजिम राष्ट्रपतिबाट संसद्को दुवै सदनको अधिवेशन आह्वान भएको जारी विज्ञप्तिमा उल्लेख छ । यो अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा समेत लिइन्छ । त्यस्तै, यही अधिवेशनले नै रिक्त सभामुखको समेत चयन गर्नेछ ।