नेपालको आर्थिक वृद्धिदर ६.४ प्रतिशतमा सीमित रहने विश्व बैंकको दाबी, अर्थ मन्त्री खतिवडाको असन्तुष्टि

होमल्याण्ड खबर

२०७६ मंसिर २६ गते, बिहीबार १६:३७ मा प्रकाशित

काठमाण्डौमा ‘नेपाल डेभलपमेन्ट अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ४ प्रतिशतमा सीमित रहने दाबी गरेको छ ।
सरकारले भने चालु आर्थिक वर्षमा ८ प्रतिशतभन्दा धेरै आर्थिक वृद्धिदर हुने जनाएको छ । गएको जुलाई महिनामा सार्वजनिक गरिएको प्रतिवेदमा भने विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ५ प्रतिशत रहने जनाएको थियो ।

विश्व बैंकले चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर ४ प्रतिशत, सेवा क्षेत्रको ७ दशमलव २ प्रतिशत र औद्योगिक क्षेत्रको वृद्धिदर ८ दशमलव ३ प्रतिशत रहने जनाएको छ ।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा अर्थ मन्त्री डा. युवराज खतिवडाले भने विश्व बैंकको प्रक्षेपणप्रति असन्तुष्टि जनाएका छन् ।

उनले विश्व बैंक आफैले गरेका अनुमानबाट चुकेको भन्दै देशको आर्थिक वृद्धिदरको तथ्याङ्क सार्वजनिक गर्दा थोरै गम्भीर बन्न पनि सुझाव दिए ।