कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

होमल्याण्ड खबर

२०७६ मंसिर २९ गते, आईतवार ११:४२ मा प्रकाशित

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार बस्दैछ ।

बैठक पार्टी कार्यालय सानेपामा आज दिउँसो १ बजे बस्न लागेको हो ।

आजको बैठकमा गत बिहीबार सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा पेश गरेको विभिन्न प्रस्तावमाथि छलफल हुने जनाइएको छ ।

बरिष्ठ नेता रामचन्द्र पौडेलले बिहीबार केन्द्रीय समिति बैठक बहिष्कार गरेका थिए । उनले १४ औं महाधिवेशनको कार्यतालिका अहिले नै जारी गर्नुपर्ने अडान राख्दै आएका छन् ।