११ मंसिर २०८१, मंगलवार
दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टीण्ट्वान्टी क्रिकेटमा काठमाडौं गोल्डेनले धनगढी ब्लुजलाई पराजित गरेको छ ।
आज भएको खेलमा काठमाडौंले धनगढीलाई १ सय ६ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
पोखरा रंगशालामा काठमाडौंले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको धनगढी १६ ओभरमा अलआउट हुँदै ७९ रनमा समेटियो ।
धनगढीका लागि सृमान्था विजारत्नेले सर्वाधिक १५ रन बनाए । यस्तै रोड्रिगो थोमसले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
काठमाडौंका बसन्त रेग्मीले ३, पवन सर्राफ र सुबोध भाटीले समान २र२ तथा सुसन भारी र अमृत भट्टाराईले समान १(१ विकेट लिए ।
यसअघि पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १७ ओभरमा ५ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो ।
काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले १०० रनको योगदान दिए । यस्तै जयकिशन कोल्सावालाले ४६ र अमित श्रेष्ठले ३४ रन बनाए ।
खराब मौषमले गर्दा ढिला सुरु भएको खेल १७ ओभरमा घटाइएको थियो । कप्तान ज्ञानेन्द्र मल्ल दोस्रो संस्करणको शतक बनाउने पहिलो खेलाडी समेत बने ।
धनगढीका कमल सिंह ऐरीले ४ तथा सागर ढकालले १ विकेट लिए ।