१० मंसिर २०८१, सोमबार
जारी ए डिभिजन लिग फुटबल अन्तर्गत आज (आइतबार) एक खेल हुँदैछ ।
दशरथ रंगशालामा दिउँसो ३ बजेपछि शुरु हुने खेलमा विभागीय टोली सशस्त्र प्रहरीबल एपीएफ र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ ।
लिग तालिकामा हिमायन शेर्पाले पहिलो खेलबाट १ अंक जोडेको छ । एपीएफ भने अंक बिहीन छ ।
शेर्पाले विभागीय नेपाल पुलिस क्लबलाई बराबरीमा रोक्दै लिगमा सुरुवात गरेको थियो । स्टार र अनुभवी खेलाडी बिनानै बलियो पुलिसलाई रोक्दै शेर्पा क्लबले लिगमा महत्वपुर्ण एक अंक जोडेको थियो ।
पहिलो चरणमा शेर्पा क्लबले पुलिससँग गोलरहित बराबरी खेलेको थियो । एपीएफ भने पहिलो खेलमै तीन अंक गुमाउन पुग्यो ।
एपीएफ गत सिजनको च्याम्पियन मनाङसँग २–० गोल अन्तरले पराजित भएको थियो ।