२ मंसिर २०८१, आईतवार
नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठक आज पनि फेरी बस्दै छ ।
नेकपा अध्यक्ष पुष्पकमल दहाल र महासचिव विष्णु पौडेलले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन साथै विधान संशोधन प्रस्ताव सर्वसम्मत पारित हुन नसकेपछि गत आइतबारदेखि जारी बैठक आज पनि फेरी बस्ने भएको हो ।
पार्टी कार्यालय धुम्बाराहीमा शनिबार छैटौं दिन बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलले क्रमश: राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए ।
पार्टी अध्यक्ष र महासचिवले दिएको प्रश्नको उत्तरबाट नेताहरु सन्तुष्ट हुन नसकेपछि हिजोको बैठक आज फेरी बस्ने गरी सकिएको थियो ।
एकजना केन्द्रीय उपाध्यक्ष थप्ने र तत्काल सचिवालय सदस्यको संख्या नबढाउने निर्णयमा सहमति भएपनि औपचारिक निर्णय आजको बैठकले गर्ने जनाइएको छ ।