१० मंसिर २०८१, सोमबार
युभेन्टसलाई पराजित गरेर लाजिओले इटालियन सुपर कप फुटबलको उपाधि जितेको छ । साउदी अरेबियाको रियादमा आइतबार राति भएको खेलमा लाजिओले युभेन्टसलाई ३–१ ले पराजित गरेको हो ।
क्रिष्टियानो रोनाल्डो, पाउलो डिबालासहितको युभेन्टसलाई लाजिओले निराश पारेर उपाधि जितेको हो । लाजिओका लागि १६ औँ मिनेटमा लुइस अल्बर्तोले गोल गर्दै सुरुवाति अग्रता दिलाए ।
४५ औँ मिनेटमा पाउलो डिबालाले युभेन्टसका लागि बराबरी गोल फर्काए । ७३ औँ मिनेटमा सेनाड लुलिकले गोल गरेपछि पुनः लाजिओले अग्रता लियो ।
इन्जुरी समयको तेस्रो मिनेटमा युभेन्टसका रोड्रिगो बेन्ताकुरले रातो कार्ड पाए । इन्जुरी समयको चौथो मिनेटमा डानिलो काताल्दीले लाजिओका लागि गोल गरे र टिमलाई ३–१ को जित दिलाए ।
लगातार आठौँ सिजन सुपर कपको फाइनलमा पुगेको युभेन्टसले चार पटक उपाधि जितेको छ । चार पटक त फाइनलमा लाजिओसँगै खेलेको छ युभेन्टसले ।