२ मंसिर २०८१, आईतवार
समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
आज दिउँसो पत्रकार सम्मेलन गर्दै पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको हो ।
समाजवादीको यो निर्णयसँगै ओली नेतृत्वको सरकारले दुईतिहाइ बहुमत गुमाएको छ ।
पार्टी अब प्रतिपक्षमा रहेर संविधान परिमार्जन गर्ने संशोधन गर्ने र सबैको संविधान बनाउने कार्यमा लाग्ने अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।
मंगलबार उपप्रधानमन्त्री यादव र सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले पदबाट राजीनामा दिएका थिए ।
समाजवादीसँग संघीय संसदमा १८ सांसद रहेका छन् ।