२ मंसिर २०८१, आईतवार
प्रतिनिधि सभा बैठक आज बस्दै नबसी स्थगित भएको छ ।
आज दिउँसो १ बजे बस्ने भनिएको बैठकमा नेकपामा सभामुखका लागि उम्मेदवारमा सहमति नभएकै कारणले सूचना जारी गरी स्थगित भएको हो ।
बैठक सूचना टाँसेर पुस १६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ ।
शुक्रबार समामुखका लागि निर्वाचनको मिति तोक्ने कार्यसूची थियो । सभामुखका लागि सत्तारुढ दलभित्र सहमति नजुटेकाले बैठक रोकिएको जनाइएको छ ।
तत्कालीन सभामुख कृष्णबहादुर महरालाई संसद सचिवालयकै कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि उनले राजीनामा दिएका थिए ।
संसदको हिउँदे अधिवेशन यही पुस ६ गतेबाट सुरु भएको हो ।