नेकपा सचिवालय बैठक बस्दै

होमल्याण्ड खबर

२०७६ पुष १७ गते, बिहीबार १४:३१ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्ने भएको छ ।

बैठकमा रिक्त सभामुखको पद र राष्ट्रियसभाको निर्वाचनका लागि पार्टीका उम्मेदवार चयन गर्ने बताइएको छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजेका लागि बोलाइएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार पुस २० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने दिन तोकिएको छ । राष्ट्रियसभाका रिक्त पदका लागि माघ ९ गते निर्वाचन हुँदैछ । रिक्त हुने १९ मध्ये १८ पदका लागि निर्वाचन हुने छ । एकजना भने राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ ।

त्यस्तै, सचिवालय बैठकमा सभामुखको उम्मेदवार बारे पनि छलफल हुनेछ ।

सभामुख कसलाई बनाउने भन्नेमा नेकपाभित्र तीव्र विवाद छ । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पटकपटक छलफल भए पनि सभामुख कसलाई बनाउने भन्ने अहिलेसम्म सहमति हुन सकेको छैन् ।

नेकपाले सभामुखको उम्मेदवार चयन गर्न नसक्दा प्रतिनिधिसभाको बैठक समेत बस्न सकेको छैन् ।