१० मंसिर २०८१, सोमबार
अस्ट्रेलियाको बिग ब्यास लिग (बिबिएल) टी–२० क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्स लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
सिड्नीमा आज भएको खेलमा घरेलु टिम सिड्नी थन्डरलाई ३ विकेटले पराजित गर्दै मेलबर्नले ५ खेलबाट ८ अंक बनाउँदै लिगको शीर्ष स्थानमा उक्लिएको हो ।
सिड्नीले दिएको १ सय ४३ रनको लक्ष्य मेलबर्नले १९ ओभर ४ बलमा ७ विकेटको क्षतिमा भेट्टाएको हो ।
मेलबर्नका लागि निक लार्किनले ६५ तथा मार्कुस स्टोनिसले ५८ रन बनाए । अन्य खेलाडिले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
सिड्नीका डानिल सामले ३, नेथन म्याकएन्ड्रयू र क्रिस मोरिसले समान २/२ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको सिड्नीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो ।
सिड्नीका लागि एलेक्स रोसले ४०, म्याथ्यु गिल्केशले २८, कप्तान कलुम फर्ग्युसनले १९, डानियल साम्सले १३ र अर्जुन नायरले अविजित १७ रन बनाए । अन्य खेलाडिले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
मेलबर्नका हरिस राउफले ३, कप्तान म्याक्स वेलले २ तथा क्लिन्ट हिम्चलिफ र एडम जम्पाले समान १/१ विकेट लिए ।
चोट बोकेका कारण सन्दीपले सिड्नीविरुद्धको खेल गुमाएका छन् ।
सिड्नी ५ खेलबाट ७ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ ।