राष्ट्रिय सभाका उम्मेदवार टुङ्गो लगाउन नेकपा सचिवालय बैठक सुरु

होमल्याण्ड खबर

२०७६ पुष १८ गते, शुक्रबार १०:३४ मा प्रकाशित

राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारहरु तय गर्न नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार तय गर्ने बताइएको छ । हिजो बसेको सचिवालय बैठकले उम्मेदवारको टुंगो लगाउन नसकेपछि सचिवालय बैठक आज बोलाइएको हो ।

बैठकमा सचिवालय सदस्यहरुले आफ्ना आफ्ना नाम ल्याएपछि बैठकले उम्मेदवार तय गर्न सकेको थिएन । उम्मेदवारका लागि निश्चित मापदण्ड तय गर्न समेत सचिवालय सदस्यहरुले माग गरेका छन् ।

माघ ९ गते हुने निर्वाचनका लागि पुस २० गतेसम्म उमेदवारी दिनुपर्ने निर्वाचन कार्यतालिका रहेको छ । १८ स्थानका लागि राष्ट्रिय सभा निर्वाचन हुँदैछ । प्रदेश २ मा राजपासँग चुनावी तालमेल गरेको नेकपाले उसलाई २ स्थान छोडिसकेको ।