२ मंसिर २०८१, आईतवार
कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री निवासमा बसिरहेको बैठकमा केन्द्रीय समिति बैठक र सभामुख चयनका बिषयमा छलफल चलिरहेको हो ।
नेपापामा सभामुख कसलाई बनाउने भन्ने विषयमा पछिल्लो समय मदभेद देखिएको छ । नेकपाले सभामुखका उम्मेदवार चयन गर्न नसक्दा प्रतिनिधिसभा बैठकसमेत प्रभावित हुँदै आइरहेको छ ।
नेकपामा सभामुख कसलाई बनाउने भन्ने विषयमा दुई अध्यक्षबीचमा नै कुरा मिल्न नसकेको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पूर्वसभामुख सुवाश नेम्वाङलाई सभामुख बनाउने अडानमा रहेका छन् भने अर्का अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड भने अग्नि सापकोटाको पक्षमा रहेको बुझिएको छ ।
राष्ट्रपति विद्या भण्डारी भने उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई नै सभामुख बनाउने पक्षमा भएको बताइएको छ ।
कृष्णबहादुर महरा यौनदुव्र्यवहारको आरोपमा पक्राउ परेपछि रिक्त रहेको सभामुख पदका लागि उम्मेदवारको टुंगो लगाउन नसक्दा नेकपा दबावमा रहेको छ ।