नारायणकाजी श्रेष्ठ र भगवती न्यौपानेले गराए उम्मेदवारी दर्ता

होमल्याण्ड खबर

२०७६ पुष २० गते, आईतवार १६:१३ मा प्रकाशित

माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि नेकपाका उम्मेदवार नारायणकाजी श्रेष्ठ र भगवती न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपाका प्रवक्तासमेत रहेका श्रेष्ठ अन्यबाट हुन् भने न्यौपाने महिलाबाट रहकी छिन् । पोखरास्थित निर्वाचन अधिकृत कार्यालय पुगेर दुबै जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

श्रेष्ठको प्रस्तावकमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत छन् ।

न्यौपानेको प्रस्तावकमा नेकपा स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ र समर्थकमा पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ छन् ।