१४ मंसिर २०८१, शुक्रबार
बुधबार नेपाली बजारमा सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ । आज सुन तोलामा एक हजार रुपैयाँ बढेर तोलाको ७६ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
मङ्गलबार तोलामा ५ सय रुपैयाँ घटेको सुनको भाउ बुधबार तोलामा एक हजार रुपैयाँ बढेको हो । यो मूल्य अहिलेसम्मकै महँगो हो ।
यस्तै चाँदी पनि बुधबार तोलामा २० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको ९ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।
सुनको भाउ लगातार बढेपछि कारोबार ठप्प जस्तै भएको भन्दै व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । लगनको समय आउँने बेलामा भाउ अकासिएपछि सुनको कारोबार ठप्प जस्तै भएको उनीहरुले बताएका छन् ।