२ मंसिर २०८१, आईतवार
नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर पाँच बुँदे सुझाव दिएका छन् ।
संस्थापन इतर समूहले बोलाएको परामर्श बैठकमा सहभागी हुन काठमाडौं आएका कांग्रेसका ५२ जिल्ला सभापतिहरुले आज सभापति देउवालाई भेटेका थिए ।
आफ्नै निवास बूढानीलकण्ठमा भएको भेटमा देउवालाई उनीहरुले विधानअनुसार पार्टी चल्नुपर्ने भन्दै देउवाको ध्यानाकर्षण गराएका हुन् ।
बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले डाकेको परामर्श बैठकमा आएका जिल्ला सभापतिलाई देउवाले पनि भेट्न बोलाएका थिए ।
जिल्ला सभापतिको परामर्शपछि तयार भएको ज्ञापनपत्र सभापति शेरबहादुरलाई पढेर सुनाइएको थियो ।
जिल्ला सभापतिले दिएको परामर्शपत्र बुझेपछि देउवाले आफूले सबैलाई मिलाएर लैजान चाहेको बताएका थिए। ‘म सबैलाई मिलाएर लैजान चाहन्छु,’ उनले भने ।
यस्ता छन्, पाँच बुँदे सुझाव