सभामुख चयनबारे बालुवाटारमा दुई अध्यक्षबीच छलफल सुरु

होमल्याण्ड खबर

२०७६ माघ ३ गते, शुक्रबार १०:४० मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्षबीच सभामुख छनौटका विषयका बालुवाटारमा छलफल सुरु भएको छ ।

एकाबिहानै प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड प्रधानमन्त्री निवास वालुवाटार पुगेका हुन् ।

सभामुख चयनका विषयमा दुई अध्यक्षबीच कुरा नमिल्दा केहि दिनदेखि दुई अध्यक्षको बोलिचाली समेत बन्द भएको थियो । विहिबार मौनतालाई तोड्दै दुई अध्यक्षबीच सभामुख चयनका विषयमा छलफल भएको थियो ।

बिहिबार छलफल सकारात्मक देखिएपछि शुक्रबार पनि दुई अध्यक्षबीच छलफल सुरु भएको हो । सम्भवत: दुई अध्यक्षको आजको बैठकले सभामुखबारे ठोस निर्णय गर्ने बताइएको छ ।

सभामुख चयनका विषयमा प्रचण्ड अडिग देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली केहि लचक भएको स्रोतले बताएको छ ।