२ मंसिर २०८१, आईतवार
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले देशभर जिल्ला प्रशासन कार्यालय मार्फत् सूचना तथा प्रविधि विधेयक विरुद्ध ज्ञापन पत्र बुझाउने भएको छ ।
७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत् कांग्रेसले सूचना तथा प्रविधि विधेयक विरुद्ध विधेयक बुझाउने भएको हो । यो विधेयकले विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने भएकाले सच्याउन माग गर्दै ज्ञापनपत्र बुझाउन लागेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
१७ पुसको केन्द्रीय कार्य समितिको बैठकबाट कांग्रेसले यो विधेयकले नागरिक अधिकार हनन् गर्ने निष्कर्ष निकालेको थियो ।