प्रदेश १ मा चार राज्यमन्त्री नियुक्त

होमल्याण्ड खबर

२०७६ माघ ५ गते, आईतवार १५:३८ मा प्रकाशित

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सरकारको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले चार राज्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रदेशका निमित्त सचिव गोपीप्रसाद घिमिरेका अनुसार ओखलढुंगाका अम्बिर गुरुङ, इलामका राम राना, झापाकी जसमाया गजमेर र मोरङका विजय विश्वासलाई राज्यमन्त्री नियुक्त गरिएको छ ।

कृषि राज्यमन्त्रीमा राना, गुरुङलाई भौतिक पूर्वाधार, गजमेर सामाजिक विकास र विश्वासलाई उद्योग राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।