सभामुखको निर्वाचन माघ १२ गते

होमल्याण्ड खबर

२०७६ माघ ६ गते, सोमबार १४:४९ मा प्रकाशित

बलात्कार आरोप लागेपछि पूर्वसभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि रिक्त रहेको सभामुख पदको लागि माघ १२ गते निर्वाचन हुने भएको छ ।

कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुखको निर्वाचन १२ गते गर्ने दलहरुबीच सहमति भएको हो ।

नेकपाभित्र सभामुख कसलाई बनाउने भन्ने किचलोले लामो समयदेखि सभामुख चयन हुन नसकेकोमा अग्नि सापकोटालाई चयन गरेपछि नेकपाभित्रको सभामुख विवाद सकिएको छ ।

यसैगरि आफु पनि सभामुखको उम्मेदवार भएको भन्दै उपसभामुख पदबाट राजीनामा नदिने अडान कसेर बसेकी शिबमाया तुम्बाहाम्फेले सोमबारको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएपछि सभामुख निर्वाचनको बाटो खुलेको हो ।

महराले गत असोज १४ गते पदबाट राजीनामा दिएका थिए ।