३ मंसिर २०८१, सोमबार
नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाविरुद्वको मुद्वाको पेसी आज न्यायाधीश सपना प्रधान मल्लको इजलाशमा तोकिएको छ।
सापकोटालाई सभामुख निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले यही माघ १० गते दायर गरेको रिट निवेदनमा संविधान एवं कानुनको गम्भीर उल्लङ्घन हुने जनाउँदै सभामुखका लागि प्रस्तावित उम्मेदवार सापकोटालाई सभामुखमा निर्वाचित नगर्न माग गरिएको थिए।
आइतबार तोकिएको रिटको पेसी न्यायाधीश हरिप्रसाद फुँयालले हेर्न नमिल्ने भएपछि आजका लागि सरेको हो ।
न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासमा हिजो पेसी तोकिएको भएपनि सर्वोच्च अदालतकोे न्यायाधीश हुनुअघि सापकोटा विरुद्धकै अर्को मुद्दामा कानुन व्यवसायीको हैसियतले बहस गरेको हुनाले मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको थियो।