१० मंसिर २०८१, सोमबार
शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत साेमबार भएकाे खेलमा विभागीय टाेली एपीएफलाई हराउँदै अर्काे विभागीय टाेली नेपाल पुलिस क्लब विजयी भएको छ ।
पुलिसले सोमबार दशरथ रंगशालामा भएको खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई १–० ले पराजित गर्यो ।
पुलिसको जितमा भोला सिलवालले निर्णायक गोल गरे । भोलाले खेलको १३ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
त्यसअघि खेलको पाँचौ मिनेटमा भारत साहको प्रहारमा एपिएफका गोलकिपर बाधक बने । ४२ मिनेटमा रमेश दंगालाको हेडर बारमा लाग्दा एपिएफ बराबरी गर्ने अवसरबाट चुक्यो ।
दोस्रो इन्जुरी टाइममा एपिएफका सुदीप शिख्राकारलाई रेफ्रीले सिधा रातो कार्ड देखाएका थिए । जितसँगै पुलिसले ९ खेलबाट १४ अंक जोडेको छ भने अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । एपिएफ ५ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ ।