३ मंसिर २०८१, सोमबार
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठकको समूहगत छलफल आज पनि जारी छ । पार्टी मुख्यालय धुक्बाराही, राष्ट्रियसभागृह र पेरिसडाँडामा चलिरहेको बैठकमा एमसीसी लगायत विभिन्न विषयमा छलफल भइरहेको छ ।
१५ समुह बनाएर बैठक चलिरहेको छ । हिजोको बैठकमा बोल्ने अधिकांश केन्द्रिय सदस्यहरुले अमेरिकी सहयोग नियोग मलेनियम च्यालेन्ज कर्पोरेशनको चर्को आलोचना गरेका छन् ।
अध्यक्षद्धयको राजनीतिक प्रतिवेदन र महासचिवको सांगठनिक प्रतिवेदनमाथि आ–आफ्नो धारणा राख्नेक्रममा केन्द्रिय सदस्यहरुको खुलेरै एमसीसीको विरोध गरे ।