नेविसंघका निर्वतमान केन्द्रीय सदस्य त्रिपाठीले अनसन तोडे

होमल्याण्ड खबर

२०७६ माघ १७ गते, शुक्रबार १७:०१ मा प्रकाशित

नेपाल विद्यार्थी संघ (नेविसंघ) का निर्वतमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले आज अनसन तोडेका छन् ।

नेविसंघको विधानअनुसार ३२ वर्षे उमेर हद लगाउनुपर्ने माग गर्दै आमरण अनशनमा बसेका उनी स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघलाई जिताउनुपर्ने भएको भन्दै हाललाई विनाशर्त अनसन तोडेका हुन् ।

नेविसंघका पूर्व महामन्त्री कुन्दनराज काफ्ले पक्षले विधान कार्यान्वयनको माग गर्दै नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा ४० दिन भन्दा धेरै रिले अनशनसमेत बसेको थियो ।

नेविसंघको विधानमा ३२ वर्ष उमेर नाघेको व्यक्ति साधारण सदस्य हुन नपाउने उल्लेख छ ।

तर, हालै कांग्रेस केन्द्रीय समितिको बैठकले ४६ वर्षीय राजीव ढुंगानालाई नेविसंघको अध्यक्ष बनाएको छ ।