३ मंसिर २०८१, सोमबार
सत्तारुढ दल नेकपाकै सांसदले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको राजीनामा मागेका छन् ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिमा भएको छलफलमा नेकपा सांसद सुदन किँरातीले भने ‘सरकारका प्रवक्ताले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) जुनसुकै हालतमा पास हुन्छ ।
चाह्यो भने देशका नेताहरुलाई अमेरिकाले सुलेमानी बनाइदिन्छ भन्ने अभिव्यक्ति आपत्तिजनक छ’।
राष्ट्रियता स्वाधिनतामाथि आफ्नै सरकारका प्रवक्ताले ग्रहण लगाउन खोजेको उनको आरोप छ । सञ्चारमन्त्रीको अभिव्यक्ति लेण्डुप दोर्जे प्रवृतिको भएको भन्दै उनले आपत्ति जनाए ।
‘लेण्डुप दोर्जे प्रवृति आत्मसमर्पण प्रवृतिकोविरुद्धमा आपत्ति प्रकट गर्न चाहन्छु र उहाँले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ । यो विषयमा समिति र सबैको ध्यानाकर्षण गर्न चाहान्छु’, उनले भने ।