३ मंसिर २०८१, सोमबार
परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले एमसीसीको विषयमा नबुझेरै अहिले भ्रम सृजना भइरहेको बताउनुभएको छ ।
मंगलबार गुल्मीको सदरमुकाम तम्घासमा पत्रकार सम्मेलनमा बोल्दै उनले एमसीसीका बारेमा नबुझेर जनस्तरमा भ्रम सृजना भइरहेको उल्लेख गरे।
एमसीसी राष्ट्रहितमा रहेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले एमसीसीले नेपालको विकासमा टेवा पुग्न सक्ने बताउनुभयो । एमसीसीलाई लिएर बाहिर आएका टिकाटिप्पणी अनावश्यक र अतिरञ्जित भएको समेत मन्त्री ज्ञवालीले उल्लेख गरे ।
देशको हित विपरित सरकार एक इञ्च पनि नझुक्ने ज्ञवालीको स्पष्टोक्ती छ । एमसीसीको विषयमा टुंगो लगाउने गरी तीन सदस्यीय समिति गठन भएको बताउँदै मन्त्री ज्ञवालीले अबको दश दिनमा सरकारले ठोस निर्णय गर्ने समेत उल्लेख गरे ।