३ मंसिर २०८१, सोमबार
प्रतिनिधिसभाको बैठकमा सांसदले चीनबाट उद्वार गरी नेपाल ल्याइने नेपालीहरुलाई अन्यत्र राख्ने ठाउँ नभेटे संसद भवनमा राख्न माग गरेका छन् ।
समाजवादी पार्टीका सांसद प्रदीप यादवले सरकारले पाँच दिनदेखि लगातार खोज्दा पनि चीनबाट ल्याउने नेपाली राख्ने ठाउँ नपाउनु दुखद भएको भन्दै संसद भवन नै खाली गरेर राख्न प्रस्वाव गरेका हुन् ।
उनले संसद भवनमा नभए हायात होटल राखेको जग्गा खाली गरेर राख्न माग गरे । ‘३० हजार रोपनी जग्गा कब्जा गरेर हायात होटल राखेको छ । त्यो खाली गरेर राखौं ’ उनले भने ।