नेकपा सचिवालय बैठक स्थगित

होमल्याण्ड खबर

२०७६ माघ २६ गते, आईतवार ११:१३ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ । पार्टी एकताका बाँकी काम टुङगो लगाउनेबारेमा छलफल गर्न आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यका कारण देखाउँदै सचिवालय बैठक स्थगित भएको हो ।

अर्कै बैठक कहिले बस्ने भन्ने विषयमा यकिन भइनसकेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

नियमित मृगौलाको डायलासिस गराउँदै आएका प्रधानमन्त्री ओलीको शनिबार डायलासिस गरिएको थियो ।