३ मंसिर २०८१, सोमबार
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।
दिउँसो दुई बजेका लागि बोलाइएको बैठकमा महाधिवेसन तयारीका विषयमा छलफल हुने बताइएको छ ।
काँग्रेसले महाधिवेसन तयारीका लागि जिल्ला अधिवेसन गराउन विधान परिमार्जन गर्न लागेको हो ।
यस्तै बैठकमा ललिता निवास जग्गा प्रकरणमा उपसभापति विजयकुमार गच्छदारलाई राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाइएको भन्दै अवरुद्ध संसद खुलाउने विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।